नक्कली सवारी चालक लाइसेन्स बनाउने दुईजना वीरगञ्जबाट पक्राउ

अनलाईन न्युजपाटी, बिरगंज,समाचारदाता ,असोज १०  गते ।  

नक्कली सवारी चालक लाइसेन्स बनाउने दुईजना वीरगञ्जबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ११ का ५१ वर्षका मोहनलाल राउत कुर्मी र सोही स्थानका ४२ वर्षीय घनश्याम भण्डारी रहेको प्रहरीले जनाएको छ ।बाराको कोल्हवी नगरपालिका ४ प्रगति नगरका २१ वर्षीय रमेश चौधरीको बी श्रेणीको नक्कली सवारी चालक अनुमति पत्र बनाउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।नक्कली सवारी चालक अनुमति पत्र बनाउन प्रयोग गरिएको कागजातसहित उनीहरुलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीको टोलीले वीरगञ्ज ११ बाट बुधबार नियन्त्रणमा लिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *