स्कार्पियो पहिरोमा अड्कियो,मनाङ जाने यात्रुहरु झ्यालबाट निस्किए

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता असोज १२ गते।

अबिरल वर्षासँगैको पहिरोले लमजुङ-मनाङ सडकखण्ड अवरुद्ध भएको छ। शनिबार साँझ साढे ६ बजेदेखि लमजुङ सदरमुकाम बेंसीसहर-मनाङ सडक अवरुद्ध भएको प्रहरीले अनलाईन न्युजपाटीलाई जनाएको छ।लमजुङको मर्स्याङदी गाउँपालिका-४ स्याँगेमा पहिरो खसेर बाटो अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले अनलाईन न्युजपाटीलाई बताए। उनका अनुसार साँझ मनाङ गइरहेको बा१६च ५०६८ नम्बरको स्कार्पियो पहिरोमा परेको छ।

काठमाडौंबाट मनाङ गइरहेको पर्यटक बोकेको स्कार्पियो पहिरोमा परेको हो। पहिरोले स्कार्पियोको अगाडिको भागमात्र पुरेकाले मानवीय क्षति नभएको गुरुङले जानकारी दिए। जिपमा चालकसहित पाँच जना यात्रु रहेको बताइएको छ। 

‘साँझ पहिरो गएर स्कार्पियो पुरेछि बाटो अवरुद्ध भएको छ,’ उनले भने।पहिरो हटाउन आइतबार बिहानै जेसिबी मेसिनसहितको टोली खटाइएको डिएसपी गुरुङले अनलाईन न्युजपाटीलाई बताए।

‘पहिरो हटाएर सडक सुचारु गर्ने काम भइरहेको छ,’ उनले भने।ठूला-ठूला ढुंगासँगै माटो खसेका कारण पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *