कल्कीस्थित खसी बजारमा अनुगमन:मनपरी मुल्य लिएको आरोप

काठमाडौँ — भारतबात आयात हुने जोउदो खसिमा चेक जाच कडाई भए पछि मासुको मूल्य अस्वाभाविक रुपमा बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कलंकीस्थित खसी बजार अनुगमन गरेको छ । बिहीबार बिहान ९ वटा होलसेल खसी पसलमा गरेको अगुनगमनका क्रममा ६ वटा पसललाई ५ हजारका दरले जरिवाना गराएको छ ।विभागका निरीक्षण अधिकृत दिपक पोखरेलको टोलीले अनुगमन गरेको हो। टोलीले खरीद बिक्री बिल जारी नगरेको, हचुवाका भरमा बिक्री गरिरहेको पाएको छ।

व्यापारीहरुले बिल जारी नगरी जिउँदो खसीको ५६० देखि ६८० सम्ममा बिक्री गरिरहेको पाइएको छ। कलंकीस्थित खसी बजारमा ४३ वटा व्यवसायी छन्। यहाँबाट उपत्यकाको मागको ४० प्रतिशत मासु आपूर्ति हुँदै आएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *