कांग्रेस र राजपाको नाराबाजीले प्रतिनिधिसभाको बैठक अबरुध

काठमाडौँ, समाचार दाता साउन १५ गते । 

सर्लाही मा भएका  हत्या घटनाका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेका छन् ।

सभामुख कृष्णबहादुर महराले बैठक शुरु गर्नासाथ दुवै दलका सांसदहरु उठेर विरोध जनाउनुभएको थियो । सांसदहरुले विरोध गरिरहेकै बेला उहाँले बैठकको कारवाही अघि बढाउन खोजेपछि दुवै दलका सांसदले वेल घेराउ गर्नुभएको थियो ।

संसद्को कारवाही अघि बढाउन सभामुख महराले पटकपटक अनुरोध गरे पनि चर्को विरोधसँगै नाराबाजी जारी रहेकाले बैठक स्थगित गर्नुभएको हो । अर्को बैठक यही २०७५ साउन १६ गते बिहीबार अपराह्न २ बजे बस्ने जनाइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *