मूर्ति ल्याउने बहानामा अबैध तस्करी

अनलाईन न्युजपाटी,नेपालगन्ज,समाचारदाता असोज १४  गते।

दुर्गा मूर्तिको आडमा तस्करीको खुलासा भएको छ । भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँन लागिएको ठूलो परिमाणको हार्डवेयरका सामान सशस्त्र प्रहरीले भन्सार अगाडीबाटै नियन्त्रणमा लिएपछि उक्त खुलासा भएको हो । सिमावर्तीबजार रुपईडिहाबाट दुर्गा मूर्ति ल्याउन लागिएको ट्रयाक्टरमा चेकजाँच गर्दा ठूलो परिमाणमा तस्करीका सामान फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ ।

दुर्गा मूर्तिको आडमा अबैध रुपले ल्याइदै गरेको ट्रयाक्टरको पार्टपूर्जा लगायत खाद्यान्न सामाग्री पनि बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ४० नम्बर गुल्मका सशस्त्र प्रहरी नयाव उपरिक्षक नवराज बोहराले जानकारी दिए । बोहराको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाको आधारमा आइतवार दिउँसो दुर्गा मूर्ति सँगै ट्रयाक्टरको ट्रलीमा भूसको तल लुकाएर ल्याउन लागेको अवस्थामा तस्करीका सामान बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेलाई अनुसन्धान र कारबाहीका लागि बरामद गरिएका समागी्रहरु बुझाइएको सशस्त्त प्रहरीले जनाएको छ । सशस्त्रका अनुसार, ट्रयाक्टरको ट्यूव ८ पीस, हिजपीन ५ पीस, ठूलो नट बोल्ट १९ पीस, कालो हप नट १०० पीस, पातलो नट बोल्ट ६० पीस सशस्त्रले नियन्त्रणमा लिएको हो । ट्रयाक्टरको पटिया २ पीस, पटिया सपोर्टर ४ पीस, पटिया सपोर्टर चेन ४ पीस, थ्रेसर जोड्ने सकेट ४ पीस, फेन बेल्ट १५ पीस पनि बरामद गरिएको सशस्त्रले जनाएको छ ।

त्यसैगरी ट्रयाक्टरको टाईराइड १० डिब्बा, ट्रयाक्टरको हाईड्रोलाजिक ठूलो पाईप १०० पीस, ट्रयाक्टरको हटवाटर कनेक्सन सानो पाईप १०० पीस, ट्रयाक्टरको हटवाटर कनेक्सन सेतो पाईप २० पीस, ट्रयाक्टरका ठूलो बेरिङ ५० पीस, सानो बेरिङ ४८ पीस ट्रली चेक नट बेरिङ २० पीस, राटाभेटर बेरिङ १० पीस, ढोकाको ह्यान्डिल सेट ९ दर्जन बरामद गरिएको छ । हार्डवेयरका सामान सँगै २०० किलो चिनी, २ पेटी डाल्डा, ५ बोरा चामल, ३ टिन खाने तेल लगायत खाद्यान्न बरामद गरिएको गुल्मका सशस्त्र प्रहरी नायब उपरिक्षक नवराज बोहराले अनलाईन न्युजपाटीलाई सम्पर्क गरि जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *