अनलाईन न्युजपाटी, काठमाडौँ ,समाचारदाता ,असोज १४ गते ।
संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् ।चौतर्फी दबाबका बीच नेकपा सचिवालय बैठकले समेत सभामुखलाई राजीनामा दिन सुझाव दिएपछि महराले राजीनामा दिएका हुन् ।सभामुख महराले आफूमाथि लागेको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भन्दै नैतिकताका आधारमा उपसभामुखसमक्ष राजीनामा दिएको बताएका छन् ।