स्याङ्जाबाट लागूऔषधसहित तीन जना पक्राउ

अनलाईन न्युजपाटी,स्याङ्जा,समाचारदाता असोज १६ गते।

लागूऔषधसहित बुधबार साँझ प्रहरीले तीन जनालाई वालिङ– १३, गाहाखोलाबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–२ का ३२ वर्षीय श्रीराम कार्की, भिरकोट नगरपालिका–१, स्याङ्जाका २१ वर्षीय भरत गुरुङ र सोही स्थानका २० वर्षीय सहितविन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अनलाईन न्युजपाटीलाई जनाएको छ ।

बुटवलबाट पोखरातर्फ आउँदै गरेको बा३ख ४९७१ नम्बरको माइक्रोबसमा सवार श्रीराम कार्कीको साथबाट नोफिन ७५ थान, डाइजेपाम ७५ थान, फेनारगन ७५ थान, नाइट्राजेपाम ४३ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नवीनकृष्ण भण्डारीले अनलाईन न्युजपाटीलाई जानकारी दिए ।

उहाँका अनुसार, वालिङ–१३ गाहाखोलास्थित झाडीमा शङ्कास्पद अवस्थामा बसेका गुरुङ र मियाँको साथबाट प्रहरीले प्रयोग नभएको सिरिञ्ज पाँच थान, फेनारगन २३ थान, डाइजेपाम २४ थान, नोफिन २२ थानसहित दुबैलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *