करेन्ट लागेर गोरखामा एक जनाको मृत्यु

अनलाईन न्युजपाटी,गोरखा,समाचारदाता असोज १६ गते।

गोरखाको आरुघाट गाउँपालिका–९ बगैचामा करेन्ट लागेर बुधबार विहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीय धन बहादुर गुरुङ रहेका छन् ।

घरमा राखिँदै आएको बौद्ध झण्डा फेर्ने क्रममा करेन्ट लागेर घाइते भएका गुरुङलाई उपचारको लागि स्वास्थ्य चौकी पुर्‍याए लगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा बौद्ध समाजको झण्डा राख्न पोल गाड्न खोज्ने क्रममा पोलले ११ केभी प्रशारण लाइनको नाङ्गो तारलाई छुन पुग्दा गुरुङलाई करेन्ट लागेको डिएसपी मित्रवन्धु शर्मालेले अनलाईन न्युजपाटीलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *