वीरगञ्जबाट मोबाईल चोरीमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ

अनलाईन न्युजपाटी, बिरगंज,समाचारदाता ,असोज १७ गते ।  

प्रहरीले वीरगञ्जबाट मोबाईल चोरीमा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक छन् ।प्रहरीले वीरगञ्ज महानगरपालिका वडा-३ का २४ बर्षीय गौरिशंकर यादव, वडा-१७ का २४ बर्षीय मनोज राम हरिजन, १४ का २२ बर्षीय जमसेद अन्सारी र भारत भारत बिहार जिल्ला पूर्वी चम्पारण बस्ने २२ बर्षीय विक्रम पटेललाई पक्राउ गरेको हो । उनीहरुले वीरगञ्ज महानगरपालिकाको विभिन्न स्थानबाट मोबाईल चोरी गर्ने गरेको प्रमाण भेटिएको प्रहरीले दाबी गरेको छ । उनीहरुको साथबाट नेपाली रुपैयाँ २१ हजार ७ सय २६, भारतीय रुपियाँ १७ हजार र विभिन्न ब्राण्डका १७ थान मोबाईल सेट समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।उनका अनुसार ती चोरहरुले कलेजका विद्यार्थीहरुको कोठा कोठामा एकाबिहानै पुगेर मोबाईल चोरी गर्ने गरेका थिए । ‘विभिन्न स्थानबाट मोबाईल चोरी भएको उजुरी आईरहेको थियो । मोबाईल चोरी नियन्त्रण टोलीले अनुसन्धानको क्रममा उनीहरुको संलग्नता पाएपछि नियन्त्रणमा लिएका हौं ।’ उनले भने ‘ कलेज जाने विद्यार्थीहरु बाथरुम गएको मौका छोपेर, बजारबाट समेत उनीहरुले चोरी गरेको पाईएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *