अनलाईन न्युजपाटी, काठमाडौँ,समाचारदाता ,असोज १७ गते ।
नेपाली सेनाले बडादशैंको उपलक्ष्यमा बस सेवा सञ्चालन गर्ने भएको छ ।
सेनाले असोज २१ गते टिकाको दिन काठमाण्डौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन न्यून मात्र सञ्चालन हुने भएकोले सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पुर्याउने उद्देश्यले बस सेवा संचालन गर्ने जनाएको छ ।सैनिक जनसम्पर्क निर्देशनालयले दिएको जानकारीअनुसार सेनाले विभिन्न ७ वटा रुटहरु निःशुल्क बस सञ्चालन गर्ने व्यवस्था मिलाएको छ ।