अनलाईन न्युजपाटी, बिराटनगर,समाचारदाता ,असोज १७ गते ।
प्रदेश १ सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय विराटनगरमा कार्यरत एक कर्मचारीले सप्तकोशी नदीमा हाम्फालेर आत्महत्या गरेका छन् । बुधबार साँझ सुनसरी इनरुवा स्थायी घर भएका अन्दाजी ४० वर्षीय राजेशकुमार साहले आत्महत्या गरेका हुन् ।उनले आत्महत्याको कारण आफ्ना दुई साथीलाई दिएका छन् । नापी सर्भेयर पदमा कार्यरत शाहले इनरुवामा साझेदारीमा प्लाइउड फ्याक्ट्री चलाइरहेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माका अनुसार सुसाइड नोटमा नजिकका साथीका कारण आत्महत्या गरेको उल्लेख भएको बताए ।‘उहाँको सुसाइड नोट भेटिएको छ’ शर्माले भने, ‘मोटरसाइकलमा भेटिएको सुसाइड नोटमा दुईजना सहयोगी साथीका कारण आत्महत्या गरेको लेखिएको छ ।’ प्रहरीले उनका साझेदारको नाम भने सार्वजनिक गरेको छैन । उल्लेख व्यावसायमा खटपट आएकोले शाहले आत्महत्या गरको हुनसक्ने प्रहरीको प्रारम्भिक शंका छ ।मृतकका आफन्तले प्रहरीमा जाहेरी दिएका छैनन् । बुधबार साँझ कोशी ब्यारेज पुलमा को २२ प ६९६५ नम्बरको मोटरसाइकमा परिचय पत्र र सुसाइड नोट छोडेर शाहले आत्महत्या गरेका थिए । आफन्तले साहको शव बुझेर बिहीबार नै दाहसंस्कार गरेका छन् ।