बालविवाह गर्ने गराउने सातजनालाई प्रहरीले पक्राउ गरे

अनलाईन न्युजपाटी, काठमाडौँ ,समाचारदाता ,असोज १७ गते ।  

सिद्धकुमाख गाउँपालिकामा बालविवाह गर्ने गराउने सातजनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा प्रहरीले दुलहा-दुलही र उनकीहरुको बुवाआमासहित विवाह गराउने पण्डितलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा १९ वर्षीय दुलाहा र उनका बुवा लोकबहादुर बोहरा, आमा माया बोहरा, सिद्धकुमाख गाउँपालिका २ की १९ वर्षीया दुलही, बुवा रत्नबहादुर रावत, आमा कलौटी रावत र जाजरकोट कुसे गाउँपालिका ९ घर भई हाल सल्यानको सिद्धकुमाख गाउँपालिका ४ चाँदेकरेन्जी बस्ने पण्डित नविन आचार्य छन् ।उनीहरुलाईजिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । पहिला भागेर गएका उनीहरुलाई दुलहाका बाबुले घरमा भित्र्याउँदै गर्दा प्रहरीले पक्राउ गरेका उनले बताए ।दुलहा र दुलही तुलसिपुरस्थित एक विद्यालयमा अध्ययनरत थिए । कानुनमा बालविवाह गर्ने गराउनेलाई न्यूनतम् डेढ वर्षदेखि तीन वर्ष कैद र ३० हजार देखि १५ हजारसम्म जरिवानाको व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *