कृष्ण बहादुर महराले बलात्कार गरेको आरोप पहिलोपटक प्रकाशित गरेका पत्रकार अजयबाबु सिवाकोटीलाई अहिले प्रहरीको सुरक्षा

अनलाईन न्युजपाटी, काठमाडौँ ,समाचारदाता ,असोज १७ गते ।  

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले सभामुख रहेका कृष्ण बहादुर महराले आफूलाई बलात्कार गरेको आरोप पहिलोपटक प्रकाशित गरेका पत्रकार अजयबाबु सिवाकोटीलाई अहिले प्रहरीले सुरक्षा दिएको छ।काठमाडौं प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले सिवाकोटीको सुरक्षाबारे सचेत भएर सामान्य निगरानी गरिरहेको बताए। ‘पछिल्लो समय उहाँले उठाएको इस्यु चर्चामा छ। यस्तो इस्यु परेको मानिसलाई असुरक्षा छ कि भनेर हेर्नु सामान्य हो। सुरक्षाका दृष्टीले हामीले निगरानी गरेको मात्र हो। सुरक्षाकर्मी नै खटाएको भने छैन,’ उनले भने।सिवाकोटीले प्रहरीमा उजुरी गरेर निगरानीमा राखेको भने होइन। पत्रकार सिवाकोटीका अनुसार आफूलाई बुधवार एक प्रहरी अधिकारीले आफै फोन गरेर हामीले निगरानी गरिरकेका छौं भनेका थिए।बरू बिहीबार बिहान सिवाकोटीले आफू र आफ्नी पत्निलाई विभिन्न अनजान नम्बरबाट निरन्तर फोन आइरहेको, राजधानीका दुई रेष्टुरेन्टमा बसेर केही व्यक्तिहरूले आफूविरूद्ध आक्रमण गर्ने छलफल गरेको सूचना थाहा पाएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *