अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता ,असोज १८ गते ।
नमोबुद्ध नगरपालिका–२ का १८ वर्षीय वियज तामाङले आफ्नै बाबुको हत्या गरेका छन् । तामाङले गए राति ११:०० बजे घरायसी विवादपछि पिकले टाउकोमा प्रहार गरी ४२ वर्षका बाबु टेकबहादुरको हत्या गरेको प्रहरीले जनाएको छ ।टाउकोमा पिक प्रहारपछि गम्भीर घाइते टेकबहादुरको उपचारका क्रममा शनिबार बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको भकुण्डे प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक अशोक महतोले जानकारी दिए ।उनका अनुसार घटनापछि भाग्ने क्रममा वियजलाई शुक्रबार राति नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।