सुदूरपश्चिमकै ठूलो डडेल्धुरा अस्पतालमा पोष्टमार्टम गर्ने चिकित्सकको समेत अभाव

अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता असोज २५ गते।

सुदूरपश्चिमकै ठूलो डडेल्धुरा अस्पतालमा पोष्टमार्टम गर्ने चिकित्सकको समेत अभाव भएको छ। अस्पतालमा पोष्टमार्टम गर्ने चिकित्सक नभएपछि छिमेकी जिल्ला अस्पताल बैतडीलाई गुहार्न पर्ने बाध्यता आएको छ।  शव परिक्षण गर्नका लागी बैतडीबाट चिकित्सक माग गर्नुपर्ने बाध्यता रहेको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए। बुधबार साझ डडेल्धुराको अमरगढी नगरपालिका–६ भजनेउटामा रहेको कुटीमा बस्दै आएका साधुको शंकास्पद अवस्थामा शव फेला परेपछि शवको पोष्टमार्टम पनि बैतडीबाट डाक्टर बोलाएर गरिएको उनले बताए। मृतक गिरीको हत्या भएको आशंका लागेको कारण थप अनुसन्धान गर्न पोष्टमार्टम गर्नुपर्ने भएपछि बैतडीबाट डाक्टर बसन्त जोशीलाई बोलाएर पोष्टमार्टम गरिएको सुचना अधिकारी पन्तले बताए। सूचना अधिकारी टंकप्रसाद पन्तका अनुसार पोष्टमार्टम गर्न चिकित्सकलाई एउटा विशेष तालिमको आवश्यकता हुन्छ। जुन डडेल्धुरा अस्पतालमा कार्यरत डाक्टर नरेश श्रेष्ठले प्राप्त गरेका छैनन्।अस्पतालमा पोष्टमार्टम गर्न समेत चिकित्सक नहुँनु लज्जास्पद भएको भन्दै अहिले स्थानिय आक्रोशित बनेका छन्। टिम अस्पतालको रुपमा सञ्चालीत अस्पतालले केही बर्ष अगाडी उपक्षेत्रीय अस्पताल घोषण गरिएको थियो भने गत असारमा प्रदेश मातहतमा गएको अस्पताललाई गत फागुनमा संघको मातहतमा रहनेगरि ‘विशिष्ट’ सेवा सहितको डडेल्धुरा अस्पताल राखेर स्तरोन्नति गरिएको थियो। अस्पतालमा दरबन्दि अनुसकारका चिकित्सक नहुँदा ७ पहाडी जिल्लाको स्वास्थ्य सेवानै प्रभावित बनेको छ। अस्पतालमा अहिले नेपाल सरकार तर्फबाट १ सय ८ जनाको दरबन्दी स्वीकृत भएकोमा ३७ जनाको मात्र पदपुर्ती हुँदा ७१ जनाको पद रिक्त रहेको छ।यस्तै अस्पताल विकास समितीबाट ४२ जनाको पद स्वीकृत रहेकोमा ३४ जनाको पदपुर्ति भइ ८ जनाको पद रिक्त रहेको छ। अस्पतालमा अहिले अन्य कर्मचारी भनेर करारमा ४५ जना र ज्यालादारीमा ७ जना कर्मचारी कार्यरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *