वडा कार्यालयमा भएको आगजनीमा संलग्न रहेको आशंकामा ५ जना पक्राउ

अनलाईन न्युजपाटी,हेटौडा ,समाचारदाता असोज २७ गते।

मकवानपुरको थाहा नगरपालिका-५ वडा कार्यालयमा भएको आगजनीमा संलग्न रहेको आशंकामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।सोमबार राति नगरपालिकाको आरनडाँडामा रहेको कार्यालयमा आगजनीमा संलग्न रहेको भन्दै ५ जनालाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम सार्वजानिक गरेको छैन ।२६ गते राति कार्यालयको ढोका फुटाएर पेट्रोल तथा मट्टितेल छर्किएर आगो लगाएको बताइएको छ । पेट्रोल तथा मट्टितेल लगिएको बोतल कार्यालय छेवैमा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । आगलागीको क्रममा विद्युत मिटर बक्स पड्केको आवाजपछि गाउँलेले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।आगजनीबाट कार्यालयको कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी  निरीक्षक लोकबहादुर गुरुङले बताए । घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *