दशैंको अवधीमा मोरङ जिल्लामा ११ जनाले आत्महत्या गरे

अनलाईन न्युजपाटी,बिराटनगर  ,समाचारदाता असोज २८ गते।

दशैंको अवधीमा मोरङ जिल्लामा ११ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्ममा११ जनाले आत्महत्या गरेका हुन् ।त्यसै अवधीमा १५ जनाले आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार दशैंकै अवधीमा भएका ५५ वटा सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् भने ९१ जना घाइते भएका छन् । प्रहरीका अनुसार गत साउन र भदौमा गरी मोरङमा ४६ जनाले आत्महत्या गरेका छन् । चाडपर्वमा मात्र १५ जनाले विष सेवन गरी आत्महत्या प्रयास गरे भने ११ जनाले झुण्डिएर आत्महत्या गरे । आत्महत्या गर्नेमा अधिकांश २५ वर्षमुनिका युवा छन् ।प्रहरी उपरीक्षक अधिकारीका अनुसार आत्महत्याको कारणमा उनी गरिबी, पारिवारिक झैझगडा, वैदेशिक रोजगारको समस्या आदि रहेका छन् । गत वर्ष मोरङमा मात्र १७२ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७४–७५ मा १८१ र २०७३–७४ मा २२० जनाले आत्महत्या गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *