नहरको पानीमा घोप्टो परेको अवस्थामा शव फेला

अनलाईन न्युजपाटी,परासी ,समाचारदाता असोज २८ गते।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनीस्थित नेपाली नहरमा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् ।करीब ३०-३५ वर्षको देखिने पुरुष व्यक्तिको शव नहरको पानीमा घोप्टो परेको अवस्थामा आज बिहान फेला परेको प्रहरीले जनाएको छ । उनको अहिलेसम्म परिचय खुल्न सकेको छैन ।नहरछेउको सडकमा एउटा भारतीय मोटरसाइकल र उनले प्रयोग गरेको मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक लालमणि आचार्यसहितको प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनाको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने देखिएकाले प्रहरीले सूक्ष्म ढङ्गले अनुसन्धान थालेको जनाएको छ । घटनाको अनुसन्धानका लागि तालीम प्राप्त कुकुर मगाइएको प्रवक्ता थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *