एजेन्सी: भारत प्रशासित कश्मीरमा अवरूद्ध गरिएको ७२ दिनपछि मोबाइल सेवा पुन: शुरू भएको छ।गएको अगष्ट ५ मा कश्मीरको विशेष हैसियत खारेज गर्ने निर्णय गर्नु अघि भारत सरकारले उक्त क्षेत्रमा मोबाइल फोन, टेलिफोन र इन्टरनेट सेवा निलम्बन गरेको थियो।पछिल्लो निर्णयसँगै ४० लाख मोबाइल फोनहरू पुन: सञ्चालनमा आएका छन् तर प्रिपेड मोबाइल फोन अझै खुल्ला गरिएको छैन्।अधिकारीहरूले अघिल्लो महिनाबाट ८० प्रतिशत टेलिफोन चल्न थालेको बताएपनि भारत प्रशासित कश्मीरमा धैरै मानिसहरूको त्यसमा पहुँच छैन्।समाजिक सञ्जालका प्रयोगकर्ताहरूले आफ्ना परिवार तथा मित्रहरूसँग दुई महिनापछि जोडिन पाएको भन्दै प्रतिक्रिया जनाइरहेका छन्।ग्रान्द्रवाल जिल्लामा बस्ने डा. सयद जहौर गिलानीले सोमबार अपराह्नदेखि आफ्नो मोबाइल चल्न थालेको बताए।उनले भने, “मैले पहिलो कल नै मेरी श्रीमतीलाई गरेँ तर उनकोमा फोन लागेन किनकी उनको फोन सेवा प्रदायकले आफ्नो सेवा शुरू गरिसकेको थिएन।””तर हैदराबादमा रहेका मेरा आफन्तहरूले मलाई सम्पर्क गर्न सके र मैलै उनीहरूसँग कुरा गरेँ।”सञ्चार अवरोधले उक्त क्षेत्रको अर्थतन्त्रलाई अघात पुर्याएको थियो। मोबाइल फोन र इन्टरनेट नचल्दा कैंयौँ व्यापारिक निकायहरू सञ्चालनमा बाधा पुगेको थियो। कश्मीरको विशेष हैसियत खारेज गर्ने निर्णयका कारण त्यहाँ विरोध प्रदर्शनहरू भएका थिए।तीमध्ये कतिपय हिंसात्मक रहेका र केही जिल्लामा प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गरेका विवरण आएका थिए।तर भारत सरकारले अधिकांश भूभागमा अमनचयन कायम रहेको प्रतिक्रिया दिएको थियो।भारत सरकारले खारेज गरेको संविधानको धारा ३७० ले कश्मीरलाई दिएको विशेष हैसियतले उक्त क्षेत्रलाई केही हदसम्मको स्वायत्ता उपलब्ध गराएको थियो। त्यसअन्तर्गत कश्मीरीहरूको सम्पत्तिको अधिकार, शिक्षा र रोजगारीमा विशेष अधिकार सुरक्षित गरिएको थियो।सञ्चार खुल्ला गरिएकोमा स्वागत गरेका स्थानीय बासिन्दाले भारतले अझै कायम राखेका कतिपय निषेधाज्ञाको विरोध गरेका छन्।अझै पनि सैयौँको सङ्ख्यामा कश्मीरी नेताहरू, अधिकारकर्मी, वकिल र अन्यलाई अभियोगविना थुनामा राखिएको छ।