सिरहामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ

अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता, कार्तिक १ गते।

सिरहामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका ५ बस्ने २४ वर्षीय मुनेशकुमार सिंह र २८ वर्षीय हरिशचन्द्र महतो रहेका छन् ।उनीहरुलाई इलाका प्रहरी कार्यालय गोलबजार खटेको गस्ती टोलीले गएराति गोलबजार नगरपालिका ५ असनपुरबाट लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।स्थानीय दुर्गा यादवको कुखुरा फार्ममा लुकाएर प्लाष्टिकको पोकामा तयार पारेको अवस्थामा दुवैको साथबाट लागुऔषध ब्राउनसुगर ४३० मिलीग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।दुवै जनाले प्रयोग गरेको स३प ७६०८ नंको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको र पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *