तीन दिनका लागि नेपाल भारत सीमा नाका बन्द

अनलाईन न्युजपाटी,बर्दिया ,समाचारदाता, कार्तिक ३ गते।

भारत उत्तरप्रदेश राज्यको बहराईच जिल्लामा हुन गई रहेको विधानसभाको उप निर्वाचनलाई मध्यनजर राख्दै शनिबार वेलुकी ८ बजे देखि तीन दिनका लागि नेपाल भारत सीमा नाका बन्द गरिएको छ ।बहराईचको बलाहा क्षेत्रमा हुने उपनिर्वाचनलाई लिएर कार्त्तिक २ गते बेलुकी ८ देखि ४ गतेसम्म सीमा बन्द गरिएको सशस्त्र प्रहरी बलका बर्दियाका गणपति यादव विकले जनाएकाछन् ।अत्यावश्यक एम्बुलेन्स सेवा सञ्चालन गर्नु परे दुवै मुलुकका अधिकारीको सहमतिमा आउजाउ गर्ने पाउनेछन् । निर्वाचन कार्त्तिक ४ गते बिहान ७ देखि ६ बजेसम्म मतदान सम्पन्न नभएसम्म सीमा बन्द हुने छ ।नेपाल भारत सीमामा दुवै देशका सुरक्षाकर्मी तैनाथ गरिएको छ । कुनैपनि आपराधिक गतिविधी गरी घुसपैठ हुन नदिने सुरक्षा कडा पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *