अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक ६ गते।
बुधबार बिहान बसको ठक्करबाट राजधानीमा एक महिलाको मृत्यु भएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंको हलचोकमा बिहान ९ बजे बा४ख ८४०६ नम्बरको बसको ठक्करबाट नागार्जुन नगरपालिका–३, ठुलो भ-याङ बस्ने ६७ वर्षीया सानुमाया श्रेष्ठको मृत्यु भएको हो ।गम्भीर घाइते भएकी उनको उपचारको क्रममा स्वयम्भुस्थित मनमोहन अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त स्वयम्भुले जनाएको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।