मोरङको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

अनलाईन न्युजपाटी,मोरंग,समाचारदाता,कार्तिक ६ गते।

प्रहरीले मोरङको विभिन्न स्थानबाट भन्सार छलीका १ लाख ६१ हजार ६ सय ७० रुपैयाँ मुल्य बराबरको सामान बरामद गरेको छ ।भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको अवस्थामा मोटर पार्टस्, लत्ताकपडा, भाँडावर्तन, पापड, सुपाडी, वदम लगायतका सामान बरामद गरेको प्रहरीले जनाएको छ । मंगलबार बरामद गरिएका सो परिमाणको सामानहरु आवश्यक कारबाहीको लागि विराटनगरस्थित मुल भन्सार कार्यालय रानीमा बुधबार बुझाउने काम भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *