अनलाईन न्युजपाटी,उदयपुर,समाचारदाता,कार्तिक ७ गते।
उदयपुरमा लागूऔषधको संजाल यसरी फैलिएको छ कि लागूऔषध नभई नहुनेको जमात कम छैन । लागूऔषध प्रयोग कर्तालाई कसरी लागूऔषध प्रयोग गर्नेमा मात्र होइन कसरी लागूऔषध ल्याउनु पर्छ भन्ने फरक फरक तरिकाहरु अपनाउँदै आएको छ ।
बुधबार राति ९:३० बजेको समयमा चौदण्डीगढी नगरपालिका ४ नमुना टोलमा एक जना मलद्वारमा लागूऔषध लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ परेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ७ बस्ने ३४ वर्षिय उमेश राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार सप्तरी जिल्लाको फत्तेरपुरबाट उदयपुरको बसाहा तर्फ शंकास्पद अवस्थामा पैदलै आउँदै गरिरहेको राईलाई सोधपुछ तथा खानतलासी लिने क्रममा मलद्वारा भित्र लागूऔषध फेला परेको जानकारी दिए । पक्राउ परेका राईले ट्राउजरको गोजीमा लुकाई ल्याएको ३ वटा सिलप्याक सिरिन्ज र निजले मलद्धार भित्र लुकाई छिपाई ल्याउँदै गरेको अबैध लागूऔषध २० एम्पुल सहित पक्राउ परेको थियो । उनलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय बेल्टारमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिए ।