प्रहरीद्धारा उदयपुरमा २१ हजार बढी अवैध गाँजाको बोट नष्ट

अनलाईन न्युजपाटी,उदयपुर,समाचारदाता,कार्तिक ९ गते।

उदयपुरमा अवैध रूपमा खेती गरिंदै आएको तीन दिन यता २१ हजार गाँजाको नष्ट गरिएको छ । उदयपुरको बेलका नगरपालिका ७ को मैनामैनी, पाखाबुवा, कान्चिराङ, बेसिटोल, योङहाङ्ग, लगायत क्षेत्रका करिव ९ विगहा क्षेत्रफलको १३ हजार गाँजाको बोट नष्ट गरिएको छ । इलाका प्रहरी कार्यालय रामपुर र सशस्त्र प्रहरी बल रामपुरको संयुक्त टोलीले १३ हजार बोट नष्ट गरिएको हो यस्तै ताप्ली गाउँपालिका १ को विभिन्न गाउँमा लगाइएको ८ हजार बढी बोट गाँजा नष्ट गरिएको छ । इलाका प्रहरी कार्यालय कटारीबाट सशस्त्र प्रहरीसहित गएको टोलीले ताप्ली गाउँपालिका– १ तल्लो र माथिल्लो मादलेमा ५ हजार १ सय ५०, ओख्ले, गैरीगाउँ, खत्री गाउँ र जोर ढुंगामा २ हजार ८ सय ८५ समेत ८ हजार ३५ बोट गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले अनलाईन न्युजपाटीलाई जानकारी दिए । ‘अन्य बालीसँगै गाँजा खेती गरिएको अवस्थामा रहेकाले नष्ट गरिएको हो,’ एसपी मगरले भने, ‘केही नयाँ, केही पुरानै उम्रिएको र तयारी हुनै लागेको गाँजा नष्ट गरिएको हो ।’ अभियान नै चलाएर गाँजा नष्ट गरिने उनले बताए । बर्सेनि ताप्ली गाउँपालिका क्षेत्रमा गाँज नष्ट गरिन्छ । गत जेठमा पनि गाँजाको बेर्ना राखेको ब्याड नै नष्ट गरिएको प्रहरीले जनाएको छ । तर अन्य विकल्प नहुँदा ताप्ली गाउँपालिका र आसपासका क्षेत्रका किसानले गाँजा खेती गर्दै आएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *