साढे १० लाख रुपिया सहित ९ जना जुवा खेल्ने पोखराको लेकसाइडबाट पक्राउ

अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता,कार्तिक १० गते।

कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ६ पहारीमार्गमा रहेको एक होटलबाट जुवा खेल्दै गरेका ९ जनालाई पक्राउ गरेको छ ।शनिबार साझँ होटलमा जुवा खेलाईरहेको भन्ने स्थानियको सुचनाको आधारमा प्रहरी टोलीले पक्राउ गरेको हो ।जुवा तास खेली खेलाई रहेको अबस्थामा नगद १० लाख ५८ हजार ५ सय १० रुपैया सहित पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *