अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,कार्तिक १० गते।
वीरगञ्जको प्लाष्टिक गोदाममा गएराति आगलागी हुँदा ४ लाख मूल्य बराबरको क्षति भएको छ ।वीरगञ्ज महानगरपालिका–१६, नगवास्थित राजेन्द्र जयसवालको गोदाममा आगलागी भएको हो ।बिजुलीको तार सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान प्रहरीको छ। महानगरको दमकल, स्थानीय र सुरक्षाकर्मीको सक्रियतामा तुरून्तै आगो नियन्त्रणमा आएकोले थप क्षति हुन नपाएको डीएसपी गौतम थापाले जानकारी दिए ।