अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक ११ गते।
महराजगञ्जस्थित होटल साम्बेला नजिकैबाट शनिबार पक्राउ परेका २५ जुवाडेलाई छुटाउन चलखेल सुरु भएको छ । नेपालहरुको दोस्रो ठूलो चाड तिहारलाई देखाएर शनिबार राती पक्राउ परेका जुवाडेहरुले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् । एक जुवाडेको आफन्त रेखा कुँवरले सर्वोच्च अदालतमा आइतबार ३ बजे बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी हुन् । भाइटिका लगाउनुपर्ने भएकाले अदालतलाई समेत प्रभावमा पारेर रिट दायर गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ । जुवाडेहरुलाई आजै अदालतमा उपस्थित गराइदैँछ । पक्राउ परेका जुवाडेको साथबाट प्रहरीले २ करोड ६७ लाख नगद र तीन लाखको चेक बरामद गरेको थियो ।