अनलाईन न्युजपाटी, झापा, समाचारदाता, कार्तिक १९ गते।
झापाको गौरीगञ्ज गाउँपालिका-३ बाट लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्।गौरीगञ्ज-३ का ५७ वर्षीय देवनारायण महतो र गौरीगञ्ज-४ का ५० वर्षीय बुदलाल राजवंशीलाई प्रहरीले घरबाट नै सोमबार साँझ पक्राउ गरेको हो।इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई घरबाट नै पक्राउ गरेको झापा प्रहरीले जनाएको छ।पक्राउ परेका महतोको घरबाट प्रहरीले पाँच सय ग्राम गाँजा र नगद १ हजार तीन सय ५० बरामद गरेको छ भने राजवंशीको घरबाट दुई किलो एक सय २५ ग्राम गाँजा बरामद गरेको हो। लागुऔषधसहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।