बनेपाबाट अपहरणमा परेका अपहरणकारीमाथि गोली प्रहार गरी, १४ वर्षीय बालकको शकुशल उद्धार

अनलाईन न्युजपाटी, पर्सा, समाचारदाता, कार्तिक २० गते।

बनेपाबाट अपहरणमा परेका १४ वर्षीय बालकको प्रहरीले अपहरणकारीमाथि यगोली प्रहार गरी शकुशल उद्धार गरेको छ । पर्साको वीरगञ्ज स्थित नेपाल भारत सीमा क्षेत्रबाट अपहरणकारीमाथि गोली प्रहार गरी बालकलाई अपहरणमुक्त गराएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिए ।वीरगञ्ज उपमहानगरपालिकामा पर्ने नेपाल-भारत सीमा क्षेत्रको खलबा टोलमा गए राती १ बजेतिर अपहरणकारीमाथि गोली प्रहार गरेर बालकको उद्धार गरेको हो ।अपहरणकारीको साथबाट कटुवा पिस्तोल र गोलीसमेत बरामद गरिएको उपरीक्षक राठोरले बताए ।बालकलाई भारत रक्सौलको हरैया भन्ने ठाउँमा एक घरमा बन्दक बनाएर राखिएको अबस्थामा अपहरणमुक्त गरिएको बताउँदै उपरीक्षक राठोरले भने, ‘बालकको अबस्था सामान्य छ ।’बालकको अभिभावक आफुहरुको साथमै रहेको जानकारी दिँदै उपरीक्षक राठोरले अपहरणकारीले बालकलाई बनेपाबाट दश दिनअघि अपहरण गरेको बताए ।प्रहरीले उद्धार गरिएका बालक र गोली लागेका अपहरणकारीको नाम सार्वजनिक गरेको छैन ।खुट्टामा गोली लागेका अपहरणकारीको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घटनाको आज विहान साढे १० बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *