सिरहामा दुइ हजार लिटरभन्दा बढी अवैध घरेलु मदिरा नष्ट

अनलाईन न्युजपाटी,सिरहा,समाचारदाता,कार्तिक २३ गते।

सिरहा प्रहरीले दुइ हजार लिटरभन्दा बढी अवैध घरेलु मदिरा नष्ट गरेको छ । लहान नगरपालिका–१८, मिर्चैया नगरपालिका ९ र सिरहा नगरपालिका १२ बाट तयारी मदीरा अन्दाजी ९ सय ८० लिटर, कच्चा पदार्थ अन्दाजी ११ सय लिटर सहित मदिरा बनाउन प्रयोग हुने भाडावर्तन समेत नियन्त्रणमा लिई मदिरा नष्ट गरेको प्रहरीले जनाएको छ ।शुक्रबार ईलाका प्रहरी कार्यालय लहान, ईलाका प्रहरी कार्यालय मिर्चैया र प्रहरी चौकी बेल्हा, सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा उक्त घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो । उक्त मदिरा स्थानिय नागरीक लगायत वडा अध्यक्ष सहितको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *