भारतको सर्वोच्च अदालतले रामजन्म भूमिमा मन्दिर बनाउन पाउने गरि फैसला सुनाए

अनलाईन न्युजपाटी, कार्तिक २३ गते।

एजेन्सी: भारतको सर्वोच्च अदालतले रामजन्म भूमिमा मन्दिर बनाउन पाउने गरि फैसला सुनाएको छ । मुख्य न्यायाधीश रञ्जन गोगोईको अध्यक्षतामा भएको फैसलामा ४० दिनसम्म सुनुवाई गरिएपछि यस्तो फैसला आएको हो ।बाबरी मस्जिदको विषयमा शनिवार भएको फैसलामा मुस्लिम समुदायको लागि वैकल्पिक क्षेत्र दिन आदेश दिएको छ । गोगोईसहित न्यायाधीश एसए बोबडे, डीवाई चन्द्रचूड़, अशोक भूषण र अब्दुल नजीरको बेञ्चले यो विषयमा सुनुवाइ गरेको हो । रामको जन्मभूमि बाबर मस्जिद बनाएको तथ्य देखिएको भन्दै सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो ।हिन्दुहरुको भगवान रामको जन्मभूमिमै बाबरी मस्जिद बनाएको भन्दै त्यसको सट्टामा अर्कै स्थान दिन आदेश दिएको हो । बाबरी मस्जिद बनाउन बैकल्पिक स्थान दिन आदेश दिँदै रामको जन्मभूमिमा राम मन्दिर नै बनाउने बाटो खोलिदिएको छ । रामजन्मभूमि न्यासलाई ट्रस्ट बनाएर मन्दिर बनाउन आदेश दिएको छ ।सुन्नि वफ्फ वोर्डलाई ५ एकड जग्गा दिन अदालतले आदेशले दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । केन्द्र सरकार र प्रदेश सरकारलाई अयोध्या भित्र नै ५ एकड जमिन दिनको लागि सर्वोच्च अदालतले आदेश दिएको हो । रामको जन्मभूमि भनिएको अयोध्याको सो स्थामा भएको राम मन्दिर को ध्वस्त गरेर मस्जिद निर्माण गरिएको हिन्दुहरुले आरोप लगाउदै आएका थिए ।भारतको उत्तर प्रदेशमा अयोध्याको बाबरी मस्जिद क्षेत्रमा पटक पटक दंगा पनि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *