लागूऔषध चरेस कारोबार गरेको आरोपमा अदालतले दोषी ठहर गरेको १५ वर्षपछि वडाध्यक्ष पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक २४ गते।

प्रहरीले नुवाकोटको म्यागन गाउँपालिका–४ का वडाध्यक्ष रामबहादुर तामाङलाई पक्राउ गरेको छ ।लागूऔषध चरेस कारोबार गरेको आरोपमा अदालतले दोषी ठहर गरेको १५ वर्षपछि उनी पक्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार उनलाई जिल्ला अदालत, काठमाडौंले २७ जेठ २०६१ मा ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो । तर, उनी ३ महिना ७ दिन अनुसन्धानका क्रममा हिरासतमा रहेर छुटेका थिए ।विशेष सूचनाका आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय, नुवाकोटसँग समन्वय गरेर काठमाडौं ल्याइएको उनले बताए । उनका अनुसार तामाङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *