भारतको अतिक्रमणमा परेको दार्चुलासहितका क्षेत्रमा सीमा सुरक्षा बल थपिदै

 अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक २५ गते।

सरकारले भारतको अतिक्रमणमा परेको दार्चुलासहितका क्षेत्रमा सीमा सुरक्षा बल थप्ने भएको छ ।  गृहमन्त्री रामबहादुर थापा बादलले सीमा समस्या समाधान गर्न सरकारले पहलकदमी लिइरहेको बताउँदै आफ्नो भूमि रक्षाका लागि सीमा सुरक्षा बल थप्न लागिएको जानकारी दिए। ‘सीमा समस्या हल गर्न सिंगो राष्ट्र एक भएको छ । सीमा सुरक्षाको जिम्मेवारी गृहमन्त्रालयको हो’, उनले भने, ‘दार्चुलामा अहिले पनि सीमा सुरक्षा बल छ। तर विवादित क्षेत्रमा सीमा सुरक्षा बल राख्न सकिएको छैन।’ गृहमन्त्री बादलले भारतबाट भएको नेपाली भूमि अतित्रक्रमणको समस्या आगामी दिनमा हल गरेसँगै लिम्पियाधुरा र कालापानीमा पनि सीमा सुरक्षा बल राख्ने जानकारी दिए।  ‘सीमा सुरक्षा आउट पोस्ट विस्तार गर्ने योजना छ। सीमा सुरक्षा हल गर्न सचिवस्तरीय छलफल भइरहेको छ’, उनले भने, ‘नेपाल–भारत प्रवुद्ध समूले पनि समस्या समाधानको कोशिश गरिरहेको छ। तर अहिलेलाई दार्चुलासहितका जिल्लामा सीमा सुरक्षा बल तत्काल थप्दैछौँ।’ तर गृहमन्त्री बादलले कतिवटा जिल्लाका सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल खटाउने भन्‍ने कुरा खुलाएनन्। सरकारले कम्तीमा २० स्थानमा सीमा सुरक्षा बल थप्‍ने जानकारी यसअघि नै दिइसकेको छ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *