अनलाईन न्युजपाटी,हेटौडा,समाचारदाता, कार्तिक २६ गते।
हेटौंडाकी ८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत भएकी छन् । साथीका घरमा भोगटे खान गएकी हेटौंडा उपमहानरपालिका वडा नंबर १५ की बालिका साथीकै बुबाबाट बलात्कृत भएकी हुन् । स्कुलमा सँगै पढ्ने साथीका घरमा गएका बेला गत कात्तिक १७ गते दिउँसो उनी बलात्कृत भएको प्रहरीले जनाएको छ ।बलात्कार आरोपमा हेटौंडा उपमहानरपालिका वडा नंबर १५ रातोमाटेका २८ वर्षीय जयराम रुम्बा पक्राउ परका छन्। बलात्कारपछि बेहोस अवस्थामा रहेकी बालिकालाई स्थानीयले हेटौंडा अस्पताल पुर्याएका थिए ।सुरुमा धामीकहाँ लगिएको र पछि स्थानीयको सहयोगमा अस्पतालमा पठाइएको थियो। बालिकाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।