कमला नदि किनारमा आज भुत मेला

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, कार्तिक २६ गते।

कमला नदि किनारमा आज भुत मेला लागेको छ । अज कार्तिक एवं शुक्ल पुर्णिमाको दिन तान्त्रिक शक्ति एवं सिद्धि प्राप्त हुने जन विश्वास सहित धामी झाक्री भाकल गर्दै कमला नदिमा पुगेर स्नान गर्ने गर्दछन् ।यस अवसरमा प्रत्येक वर्ष आजका दिन धनुषा र सिरहाको सीमा समेत छुट्याउने पवित्र नदिको रुपमा रहेको कमला नदिको किनारमा भव्य भुत मेला आयोजन हुँदै आएको छ ।कमला नदिनमा स्नान गर्न धनुषा, सिरहा, महोतरी, सप्तरी, उदयपुर र सिमावर्ति भारतको मधुवनी, दरभंगा, समस्तीपूर लगायत जिल्लाका हजारौ धामी झाक्री स्नान गर्न कमला नदीमा आउने गर्दछन् भने मेला हेर्न समेत हजारौको संख्यामा मानिसहरु आउने गर्दछन् ।धामी झाक्रि बन्ने बिश्वासका साथ उनीहरु देउता खैल्दै कमला नदिमा स्नान गरेपछि कमलेस्वरी देबिले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वास रहेको बताइएको छ । प्रत्येक बर्ष कार्तिक पुर्णिमाको दिन लाग्ने भूत मेलामा हिजो सांझ देखिनै टाढा टाढाबाट आएका श्रदालुहरु कमला नदिमा स्नान गरिरहेका छन् । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरूले कमला नदी र गंगासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् । मुल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पुरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्र सिद्धिको लागि यस दिन पूर्णाहुती दिने चलन छ । मिथिलामा सदियौदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *