बंगलादेशमा रेल दुर्घटनामा १५ को मृत्यु

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता, कार्तिक २६ गते।

बंगलादेशमा रेल दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ। ५० जनाभन्दा बढी घाइते भएका छन्। बंगलादेशको ब्राम्हणबाडिँया जिल्लामा मंगलबार बिहान रेल दुर्घटना भएको हो। दुईवटा यात्रुवाहक ट्रेन एकआपसमा ठोक्किएको हो। दुर्घटनामा दुवै ट्रेन पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। बंगलादेशका राष्ट्रपति अब्दुल हामिद र प्रधानमन्त्री शेख हसिना वाजेदले दुर्घटना र यात्रुको मृत्युपछि शोक व्यक्त गरे। घाइतेमध्ये २८ जनाको अवस्था गम्भीर रहेको प्रहरीलाई उद्धृत गर्दै बंगलादेशका स्थानीय संचारमाध्यमले जनाएका छन्।   चटगाउँका लागि गुडीरहेको रेल र राजधानी ढाका जाँदै गरेको रेल स्थानीय समयअनुसार बिहान सवा २ बजेतिर दुर्घटनामा परेका हुन्। राजधानी ढाकाबाट १ सय किलोमिटर पर दुर्घटना भएको हो। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *