अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २७ गते।
नक्कली भान्जा बनाएर मृगौला प्रत्यारोपण गरेको अभियोगमा निदान अस्पतालका सिईओ सहित पाँच जनालाई कारागार चलान गरिएको छ ।ललितपुर जिल्ला अदालतले अस्पतालका प्रमुख कार्यकारी अधिकृत विपेन्द्र प्रधान, चिकित्सक डा. राजेश पन्त कानुनी सल्लाहकार कुमुद भट्टराई, ललितपुर जिल्ला प्रशासन कार्यालयका तत्कालीन अधिकृत रामचन्द्र आले र मिर्गौला लिने शंकरलाल लामालाई जेल चलान गर्ने आदेश दिएको हो ।काठमाडौँ जिल्ला अदालतले पाँचै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेस सुनाएपछि उनीहरुलाई कारागार चलान गरिएको हो ।प्रहरीको मानव बेचबिखन अपराध अनुसन्धान व्यूरोले उनीहरुलाई गत असोज २९ गते पक्राउ गरेको थियो ।अस्पतालले दुई महिनाअघि रामेछाप दोरम्बा–३ घर भएका ५६ वर्षीय शंकरलाल लामाको मिर्गौला प्रत्यारोपण गरेको थियो । एक व्यक्तिलाई शंकरलालको भान्जा बनाएर मिर्गौला निकाली प्रत्यारोपण गरेको र त्यसबापत आर्थिक लेनदेन भएको पुष्टि भएपछि उनीहरुलाई पक्राउ गरीएको हो ।