अनलाईन न्युजपाटी,नवलपरासी,समाचारदाता, कार्तिक २८ गते।
नवलपरासी बर्दघाट–४ स्थित पूर्वपश्चिम राजमार्गको दाउन्ने जंगलमा बुधबार ट्रक पल्टँदा दुई जनाको मृत्यु भएको छ । ना ४ ख ४५०४ नंको ट्रक अन्यिन्त्रित भई पल्टँदा चालक सुनवल १३ बस्ने २९ वर्षका नरबहादुर गुरूङ र सोही ठाउँका २५ वर्षका बलबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।