पाकिस्तानमा शक्तिशाली भुकम्पको झट्का

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २८ गते।

पाकिस्तानमा शक्तिशाली भुकम्पको झट्का महसुस गरिएको छ । पाकिस्तानको राजधानी इस्लामावाद, गिलगीट बाल्टिस्तान लगायत उत्तरी पाकिस्तानी क्षेत्रमा जोडदार भुकम्पको धक्का महसुस गरिएको हो । यसले कुनै क्षति भए नभएको भन्ने जानकारी अहिलेसम्म आएको छैन । केही महिना पहिले पाकिस्तान प्रशासित काश्मीरमा आएको शक्तिशाली भुकम्पपछि ठुलो क्षति भएको थियो ।५० भन्दा धेरैले ज्यान गुमाएका थिए भने ५०० भन्दा धेरै व्यक्ति घाइते भएका थिए । जानकारी अनुसार ५.४ रेक्टर स्केलको भुकम्प कम्तीमा २०० मिटर तलबाट गएको हो । यसले अफगानस्तानसम्म पनि धक्का दिएको बताइएको छ । यसको केन्द्रबारे आधिकारीक जानकारी आएको छैन । हिमालय क्षेत्र भुकम्पको हिसाबले उच्च जोखिममा रहेको कुरा समयसमयमा आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *