सल्यानमा जिप दुर्घटना हुँदा दुईजनाको मुत्यु

अनलाईन न्युजपाटी,दाङ्ग,समाचारदाता, कार्तिक २८ गते।

सल्यानमा  जिप दुर्घटना हुँदा दुईजनाको मुत्यु भएको छ। आठजना घाइते भएको प्रहरीले जनाएको छ। जिल्लाको फलावाङदेखि दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा.१ज ४६० नम्बरको जिप जिल्लाको त्रिवेणी गाउँपालिका ४ बडाखोलामा बिहीबार बिहान सवा १० बजे दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मुत्यु भएको प्रहरीले बताएको छ। मुत्यु हुनेमा सोही गाउँपालिका-४ फलावाङ बस्ने ५९ वर्षीय योगी थापा र सोही ठाउँ बस्ने ५४ वर्षीया कृष्णदेवी परियार रहेको प्रहरीले बताएको छ। दुर्घटनामा परि घाइते हुनेहरूमा जिपचालक फलावाङ बस्ने २८ वर्षीय सन्देश परियार, सोही ठाउँ बस्ने २३ वर्षीया रिता रावत, ५ वर्षीया ज्योति रावत, ४ वर्षीया मोती रावत, ३२ वर्षीया सावित्रा खत्री, १६ वर्षीया तारा थापा रहेका छन् त्यसैगरी, दाङ तुलसीपुर १ भमके बस्ने २१ वर्षीया राधा बोहोरा र तुलसीपुर ५ बस्ने २८ वर्षीया डिला बुढा रहेका छन्। घाइतेमध्ये राधा बोहोरा र रिता रावतलाई  थप उपचारका लागि कोहलपुर रिफर गरिएको प्रहरीले बताएको छ। बाँकी घाइतेहरूको स्थानीय मेडिकल र दाङ तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ। जिप दुर्घटनाको कारण भने खुलेको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *