अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, कार्तिक २९गते।
जनकपुरमा सीताराम विवाहपञ्चमी महोत्सवको तयारी तीव्र पारिएको छ ।
विवाहपञ्चमीलाई सफल बनाउनका लागि बिभिन्न उपसमिति समेत गठन गÞरिएको जानकी मन्दिरका सह महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।भारतको सर्वोच्च अदालतले अयोध्यामा रामलला स्थलमा राम मन्दिरको लागि जग्गा पाउने निर्णय पछि यस वर्ष विवाहपञ्चमीको व्यापकरुपमा तयारी गरिदैँछ ।प्रत्येक पाँच वर्षमा भारतको अयोध्याबाट साधु संतहरु सम्मिलित विशेष जन्ती आउने गरेकोले अन्य वर्ष भन्दा यस पटकको रौनकतालाई विशेषरुपमा लिएको उत्तराधिकारी महन्थ दासले बताए ।विवाहपञ्चमीको अवसरमा नेपालकोे विभिन्न स्थल, भारत लगायतका अन्य देशहरुबाट साधुसन्त तथा श्रद्धालु भक्तजनहरुका भव्यताका साथ लावालस्कर सहित जन्ती प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आउन लागेको महन्त दासले खुशी हुंदै भने– मिथिलाको परम्परा अनुसार नै राम र सीताको विवाह हुने छ ।विवाह महोत्सवको लागि जानकी मन्दिर र ऐतिहाशिक रंगभूमी मैदान बाह«बिघामा विशेष प्रकारको मञ्च बनाई महोत्सवलाई अझ प्रभावकारीता साथ अगाडि बढाउन लागिएको जानकी मन्दिर मूल आयोजक समितिले जनाएको छ ।विवाह पञ्चमीमा राम र सिताको विवाह हुनुपूर्व विवाह मण्डपमा फुलवारी लिला हुनेछ ।