गुल्मीमा १५ दिन पहिले हत्या गरिएको अवस्थामा फेला परेका तीन जनाको हत्यामा संलग्न आशंकामा २ जना पक्राउ

अनलाईन न्युजपाटी,गुल्मी,समाचारदाता, कार्तिक २९गते।

गुल्मीमा १५ दिन पहिले हत्या गरिएको अवस्थामा फेला परेका तीन जनाको हत्यामा संलग्नको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा झण्डै १५ दिन पहिले बेवारिसे अवस्थामा फेला परेका ३ वटा शवको पहिचाहनसँगै हत्यामा संलग्नलाई शुक्रबार सार्वजनिक गरेको हो । बाग्लुङ गल्कोट नगरपालिका–८ ज्यामिरेका ४६ वर्षका पूर्ण्बहादुर सुनार र १९ वर्षका माधव सुनार पक्राउ परेका र अर्का एक अभियुक्त फरार रहेको गुल्मीका प्रहरी उपरीक्षक  राजेन्द्रसिंह खड्काले बताए ।प्रहरीले मृत्यु हुनेमा मोरङ कानेपोखरी गाउँपालिका– ३ हरकपुर घर भइ हाल पोखरा महानगरपालिका बस्दै आएकी ३२ वर्षकी सरिता भन्ने शिवमाया लिम्बु र उनका ७ वर्षका जुम्ल्याहा छोरीहरु गंगा र जमुना रहेको बताएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मी र केन्द्रीय अनुसन्धान ब्यूरो  को टोलीले अभियुक्तलाई पोखरा महानगरपालिका २५ हेम्जास्थित डेराबाट पक्राउ गरेको हो ।तीनवटै शव पोष्टमार्टमपछि पाल्पा जिल्ला अस्पतालमा राखिएको थियो । तीन जनाको निर्ममतापूर्वक हत्या गरी कच्ची सडकबाट ४ मिटर पर शव फालिएको अवस्थामा भेटिएको थियो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *