मादक पदार्थ सेवन गरी पक्राउ परेका सेना जवानको चौकीबाट भाग्ने क्रममा हामफाल्दा मृत्यु

अनलाईन न्युजपाटी,चितवन,समाचारदाता, मंसिर १गते।

मादक पदार्थ सेवन गरी पक्राउ परेका सेना जवानको चौकीबाट भाग्ने क्रममा हामफाल्दा मृत्यु भएको छ । अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा २८ वर्षीय राम कँडेलको मृत्यु भएको हो ।इच्छाकामना गाउँपालिका–५ घर भएका कँडेल नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चौकी भवनको बरण्डाबाट भाग्ने क्रममा हामफाल्दा उनी गम्भीर घाइते भएका थिए । घाइते कँडेलको उपचारका क्रममा आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो ।कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घटनाको अनुसन्धानका लागि दुईजना प्रहरीलाई नियन्त्रणमा लिइएको छ । कँडेल बिहान ७:३० बजे बरण्डाबाट हामफालेका थिए । घर बिदामा आएको समयमा मादक पदार्थ सेवन गरी प्रहरीसँग भनाभन परेपछि उनलाई आजै बिहान प्रहरीले पक्राउ गरेको थियो ।इच्छाकामना मेला भरेर बिहान सबेरै फर्कने क्रममा महिलाहरुमाथि दुव्र्यवहार गर्न खोजेपछि सम्झाएका प्रहरीसँग भनाभन भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । चौकीका एक प्रहरी शौच गर्न गएका समयमा अर्का प्रहरीलाई धकेलेर उनी हामफालेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *