यौन व्यवसायमा संलग्न रहेका दुई युवतीसहित सात जना पक्राउ

अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता, मंसिर १गते।

यौन व्यवसायमा संलग्न रहेका दुई युवतीसहित सात जनालाई पक्राउ गरेको छ ।रौतहटको गरुडास्थित एउटा होटेलमा प्रहरीले छापामारी गर्दा दुई जना युवतीसहित सात जनालाई पक्राउ गरेको छ ।प्रहरीले गरुडास्थित होटेल खुसीमा छापामारेर संबेदनशील अवस्थामा रहेका उनीहरूलाई पक्राउ गरेको हो ।शनिबार साँझ ५ बजे ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक रिपेन्द्र सिंहको कमाण्डमा गएको टोलीले होटेल खुसीमा छापामारेको थियो।पक्राउ पर्नेमा बौधीमाईकी चन्द्रिका साह, विनोद ठाकुर लोहार, राधेश्यामप्रसाद कुश्वाहा, गरुडाका शेख साजीद आलम र हाटेल सञ्चालक गरुडाका शिवप्रसाद साह रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नवीन कार्कीले जानकारी दिएका छन् ।पक्राउ पर्ने युवतीहरूको नाम गोप्य राखिएको छ । उनी यौन व्यवसायमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *