अनलाईन न्युजपाटी,सिन्धुली,समाचारदाता, मंसिर २ गते।
सिन्धुलीमा प्रहरीले लुकाइ राखेको भरुवा बन्दुक बरामद गरेको छ ।सुनकोसी गाउँपालिका-७ मझुवाका सुपि्रम लामाको गोठबाट प्रहरीले सोमाबार एउटा भरुवा बन्दुक बरामद गरेको हो । भरुवा बन्दुक लुकाएको सूचनाको आधारमा त्यहाँ पुगेको इलाका प्रहरी कार्यालय खुर्कोटको प्रहरी टोलीले खोजतलासीका क्रममा बन्दुक फेला पारेको हो ।