तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्का पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, मंसिर ३ गते।

तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्का पक्राउ परेका छन् । अमेरिकन आधुनिक हतियारसहित कात्तिक १४ मा पक्राउ परेका नेपालगञ्ज नगरसभापतिलाई भने अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा फरार रहेको आरोपमा खड्कालाई काठमाडौंबाट पक्राउ गरिएको हो ।उनी अपहरण परेको भनेर फोन आएपछि प्रहरी टोली खोजीमा जुटेको थियो । उनले प्रयोग गर्ने मोबाइल ट्र्याकिङ गर्दै प्रहरी गोंगबुको एक होटलमा पुग्यो र खड्कालाई फेला पार्‍यो । सोधपुछको क्रममा उनले आफूले अपहरणको नाटक गरेको प्रहरीलाई बताए ।इलाका प्रहरी कार्यालय, कोहलपुरबाट प्राप्त पत्रअनुसार खड्कालाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले पक्राउ गरेको हो ।प्रहरीका अनुसार, २६ असोजमा खुकुरी प्रहार गरिएका लोकेन्द्र शाहीको घटनामा खड्का प्रतिवादी थिए ।यसअघि खड्कासँग इलाका प्रहरी कार्यालय, कोहलपुरका इञ्चार्ज डीएसपी हेमबहादुर शाहीले खसी मागेको अडियो सार्वजनिक भएको थियो । त्यस विषयमा शाहीमाथि छानबिन जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *