अनलाईन न्युजपाटी,इटहरी,समाचारदाता, मंसिर ३ गते।
इटहरी–४ स्थित बुढिखोलामा एक महिलाको शव फेला परेको छ । सोमबार दिउँसोको समयमा खोलाको किनारमा सडिएको अवस्थामा शव फेला परेको हो ।पहिचान नखुलेको अन्दाजी ३० वर्षकी महिलाको शव खोला किनारको कास घारीमा स्थानियले देखेपछी इलाका प्रहरी कार्यलय इटहरीलाई खबर गरेका थिए ।तत्काल प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालिएको र शव पोष्टमार्टमको लागी विपी प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।