उदयपुरको बेलका नगरपालिकामा प्रहरी र स्थानीयवासीबीच झडप

अनलाईन न्युजपाटी,उदयपुर,समाचारदाता, मंसिर ३ गते।

उदयपुरको बेलका नगरपालिका ४ र ४ को सीमा क्षेत्रमा पर्ने सिसुवा खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरि ल्याउँदै गरेको २० वटा टिफर र एउटा स्काइभेटरलाई सुरक्षित स्थान तर्फ लैजाने क्रममा सोमबार राति १ बजेको समयमा विवाद हुँदा अश्रु ग्यास प्रयोग गर्नु परेको छ । ६ दिन अघिदेखि मापदण्ड विपरित नदी जन्य पदार्थ संकलन गरेको भन्दै लालबजारका स्थानीयहरुले २० वटा टिफर र एउटा स्काइभेटरलाई नियन्त्रणमा लिएको थियो । चरण चरणको वार्ता र सम्वादबाट विवाद टुंगो नहुँदा रोकि राखेको टिफरलाई जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा लिनेक्रममा प्रहरी र प्रदर्शनकारी विच झडप भएको थियो । झडपमा नेपाल प्रहरी तर्फ तीन जना, आन्दोलनकारी तर्फ ३ जना र एक जना ट्रक चालक घाइते भएका छन् । नेपाल प्रहरी तर्फ नर बहादुर कार्की, तुलसी कार्की र पदम बहादुर राई घाइते भएका छन् । घाइते प्रहरीमा नर बहादुरको ओठ काटिएको छ, तुलसीको गालाकाटिएको छ भने पदम बहादुरको खुट्टामा चोट लागेको छ । यस्तै चालक गोगेन मण्डलको गद्र्धनमा चोट लागेको छ भने आन्दोलनकारी तर्फ प्रेम अधिकारी सहित ३ जना घाइते भएको छ ।यस्तै आन्दोलनकारीले बेलका नगरपालिकाका कानूनी सल्लाहकार सुरेन्द्र बस्नेतमाथि पनि हातपात गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुष्कर भट्टराईले जानकारी दिए ।जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काका अनुसार स्थानीय तहमै पटक पटक विवादको टुंगो नलाग्दा रोकि राखेको टिफरलाई जिल्ला प्रहरी कार्यालयमा राख्ने र वार्ताको तयारी गर्ने उद्देश्यले टिफर ल्याउने क्रममा विवाद हुँदा अश्रुग्यास प्रहार गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *