मोबाइल पसलमा चोरी गर्ने एकजना पक्राउ

अनलाईन न्युजपाटी,बुटवल,समाचारदाता, मंसिर ३ गते।

बुटवलमा रातको समयमा सटर फोरेर मोबाइल पसलमा चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राति बुटवल आर्दश नगर चोकमा रहेको गण्डकी मोबाइल स्टोरबाट विभिन्न कम्पन्नीका ३२ थान मोबाइल चोरी गरि फरार भएका एकजनालाई मोबाइल सहीत आइतबार रातिनै सुख्खानगरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टाराईले जानकारी दिए । प्रहरीको गस्ती टोलीले रातको समयमा सामान बोकेर हिडिरहेको देखेपछी नियन्त्रणमा लिएर थप अनुसन्धान गरेको थियो । अनुसन्धान गर्दा झोलामा मोबाइल भेटिएपछि पसल चोरि गरेर भागेको खुलेको हो । पक्राउ पर्नेमा नवलपरासी पालीनन्द गाउँपालिका १ बस्ने वर्ष ३६ का योगेन्द्र सैहिदवार रहेका छन् ।पक्राउ परेका सैहिदवारमाथि थप अनुसन्धान र कारवाहीको प्रकिया अघि बढेको प्रहरी नायव उपरिक्षक भट्टाराईले बताए । साथै उक्त चोरी भएकोे मोबाइलको मुल्य करिब ७ लाख पर्न जाने प्रहरीले अनुमान गरेको छ । पछिल्लो समय बुटवल लगायत आसपासका क्षेत्रमा रातको समयमा चोरी गर्ने गिरोह सक्रिय रहेकाले उच्च सर्तकता अपनाउन प्रहरीले सबैलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *